

प्रेम आचार्यले उठाएका विषयबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं – गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । बिहीबार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन् ।
समितिले आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।

