प्रेमप्रसादलाई तत्काल सहिद घोषणा गर्न माग


काठमाडौं – आचार्य बन्दु समाजले आत्मदाहबाट निधन भएका प्रेमप्रसाद आचार्यलाई तत्काल सहिद घोषणा गर्न माग गरेको छ।

बन्धु समाजका महासचिव बाबुराम आचार्यले बुधबार विज्ञप्ति जारी गर्दै इलामको सुर्योदय नगरपालिका वडा नम्बर ११ का प्रेमप्रसाद आचार्यलाई सहित घोषणा गर्न माग गरेका हुन् ।

‘सचेत र शिक्षीत नागरिकसमेत भएकाले केही उनले मानेका अग्रजहरुलाई भेटेर आफ्नो र देशको समस्या समाधान गर्ने उपाय खोज्ने प्रयास गर्दा त्यो समेत असफल भएपछि हिजो बुधबार देशको केन्द्रीय राजानी काठमाडौंको नयाँबानेश्वरमा आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मादह प्रयास गरेका प्रेम आचार्यको आज निधन भएपछि तत्काल सहीद घोषणा गर्नुपर्ने आचार्य समाज माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया