केवल हार्दिक श्रद्धाञ्जली लेखेर चुप बस्दिन, एक एकलाई मुद्दा हालिदिनेछु : तामाङ


काठमाडाैं – राप्रपा नेपालका पूर्व नेता तथा सामाजिक अभियन्ता लाक्पा तामाङले आत्मदाह प्रयास गरेका प्रेम आचार्यको मृत्युमा आफू केवल हार्दिक श्रद्धाञ्जली लेखेर चुप नबस्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

‘केवल हार्दिक श्रद्धाञ्जली लेखेर चुप बस्दिन, प्रेम आचार्यको उधारो रकम उठाउन हामी सबैले पहल गरौँ । लुटेराहरु होसियार अब युद्ध सुरू भईसक्यो । अब आत्माहत्या गर्ने पालो तिमी लुटेराहरूको । साधारण मान्छेहरूलाई कतिसम्म लुट्छौ त्यो मैले पनि भोगेको छु । मरेको मान्छेलाई जिवित बनाउन त सक्दिन तर यहि देशको सच्चा नागरिकको हैसियतले उहाँको ऋण उठाएर उहाँको परिवारलाई अवश्य सहयोग गर्नेछु ।’

तामाङले परिवारको सदस्य गुमाउँदाको पिडा कस्तो हुन्छ भन्ने अनुभव गरेको बताउँदै सामाजिक सञ्जालमा आक्रोश मात्र व्यक्त गरेनन्, मृतकका परिवारलाई सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । तामाङ भन्छन् – ‘हिजो एकजना प्रेम आचार्यले आत्माहत्या गरे । भोलि धेरै प्रेम प्रसादहरू जस्ताले आत्माहत्या गर्नु नपरोस् । ती कम्पनीहरूलाई पैसा फिर्ता गर्न २४ घण्टे अल्टिमेटम । अन्यथा एक एकलाई मुद्दा हालिदिनेछु ।’

आत्मदाहको प्रयास गर्ने इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

 

 

प्रतिक्रिया