

गृहमन्त्रीको मुद्दा पहिलो नम्बरै, एक न्यायाधीश फेरिए

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाई गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन् ।
यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आजको पूर्ण संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन् ।
वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत छन् ।
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज पहिलो नम्बरमै परेको छ ।

