

बाजुरा भूकम्प अपडेट : ४० घर भत्किए, एक जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं – बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । आज मंगलबार दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका( २ का जमुना रोकायाको ज्यान गएको हो ।
भुकम्पमा परि गौमुल गाउँपालिका–१ मा अन्य तीन जना घाइते भएका छन्। त्यस्तै भूकम्पले ४० घरमा क्षति पुर्याएको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काकाले जानकारी दिए । उनका अनुसार ४० घरमा पूर्ण र केही घरमा आंशिक रुपमा क्षति पुगेको हो ।
यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरी गइरहेको र थप विवरण वडा कार्यालय, प्रहरी वृत्त लगायतका निकायहरुबाट संकलन भइरहेको प्रशासनले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ५।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

