७७ जिल्लामै भूमि आयोग, २ सय ३१ ओली निकट कार्यकर्तालाई आयोगका पदाधिकारी नियुक्त (नामावलीसहित)


काठमाडाैं – सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ । प्रतिनिधिसभा विघटन गरेर काम चलाउ बनेको सरकारले धमाधम रिक्त रहेको ठाउँमा आफू निकटकालाई नियुक्त गरिरहेको छ ।

सोही क्रममा सरकारले सबै जिल्लामा जिल्ला अध्यक्ष तोकेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले जिल्ला समिति गठन गर्ने निर्णय गरेको हो । यो आयोगले सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबास गर्दै आएकाहरूलाई जग्गा वितरण गर्ने लक्ष्य लिएको छ ।

नेपाल सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ को दफा ८ को उपदफा ९१० बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड क बमोजिम अध्यक्ष र खण्ड ख बमोजिम सदस्यमा मनोनयन गर्ने निर्णय गरेको भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारण मन्त्रालयको् सुचनामा भनिएको छ ।

७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना जिल्ला समितिका पदाधिकारी सरकारले नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको शपथग्रहण माघ २४ गते आयोगका अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने मन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले नेपाल प्रेसलाई जानकारी दिएकी छन् ।

पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ । भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सोही जिल्लाका नेकपा नेता छन् ।

कहाँ को नियुक्त भए ?

प्रतिक्रिया