

म्याग्दीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ७ घाइते

म्याग्दी — म्याग्दीको सदरमुकाम बेनीबाट यात्रु लिएर गन्तव्यतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जीप मंगला गाउँपालिका–२ काफलचौरमा दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ ।
बेनीबाट १६ किलोमिटर पश्चिम मंगला गाउँपालिका, १ कुहुँतर्फ गइरहेको जीप काफलचौरको उकालोमा दुर्घटना हुँदा जीपमा सवार मंगला गाउँपालिका, १ की फौमाायाँ गर्वुजा को मृत्यु भएको हो । गम्भीर घाइते गर्वुजा उपचारका लागि सदरमुकाम बेनी पु¥याउँदा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
दुर्घटनामा परी सात जना घाइते छन् । उनीहरुको को बेनी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन ढकालले जानकारी दिए । प्रहरीका अनुसार यात्रु ओराल्न उकालोमा गाडी रोकी टायरमा ओट राख्न खोज्दा जीप पछाडि गुडेर सडकमुनि खेतमा खसेको थियो । जीप चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

