कोरोना कहरः विश्वभर २२ लाख ४६ हजारको मृत्यु, कति संक्रमित ?


काठमाडौं – विश्वभरको कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ लाख ४६ हजार पुगेको छ।

गत २४ घण्टामा झण्डै ९ हजार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ लाख ४६ हजार ७ सय ७३ पुगेको हो। अमेरिकामा १७ सय २५, जर्मनीमा ६ सय १९, ब्राजिलमा ६ सय ९, फ्रान्समा ४ सय ५५, रसियामा ४ सय ३७, वेलायतमा ४ सय ६ र इटलीमा ३ सय २९ जनाको मृत्यु भएको छ।

एकै दिन ३ लाख ७७ हजार कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा सबैभन्दा धेरै १ लाख १३ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड ६९ लाख पुगेको छ।

स्पेनमा २५ हजार ८ सय, ब्राजिलमा २५ हजार २ सय, वेलायतमा १८ हजार ६ सय, रसियामा १७ हजार ६ सय र भारतमा ८ हजार ५ सय संक्रमित थपिएका छन्। विश्वभर कूल संक्रमितको संख्या १० करोड ३९ लाख नाघेको छ। जसमध्ये ७ करोड ५६ लाख ७० हजार जना संक्रमणमुक्त भइसकेका वल्डोमिटरले जनाएको छ । एजेन्सी

प्रतिक्रिया