थाइल्याण्डमा सवारी दुर्घटना, ११ जनाको जलेर मृत्यु


थाइल्याण्ड प्रहरीले एउटा भ्यानमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा दुई बालबालिका रहेका छन् ।

यात्रु बोकेको भ्यान राजमार्गमा जाने क्रममा नाखोन रातचासिमा प्रान्तमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण कारमा आगो लाग्यो ।

प्रहरी कर्णेल यिंगोस पोलाडजेका अनुसार समाचार एजेन्सी एएफपीले उक्त गाडी अमानत चारियोन प्रान्तबाट बैंकक जाँदै गरेको जनाएको छ । शनिबार राति नाखोन राचासिमामा भ्यान दुर्घटना भएको हो । भ्यानमा जम्मा १२ जना सवार थिए ।

रिपोर्टका अनुसार एक व्यक्ति भ्यानको झ्यालबाट बाहिर निस्किएपछि भित्र विस्फोट भयो र त्यसमा आगो लाग्यो । भ्यानमा फसेका बाँकी मानिस समयमै बाहिर निस्कन सकेनन् ।

प्रतिक्रिया