कांग्रेस पदाधिकारी बैठकः राष्ट्रपतिमा उमेदवारी दिने निर्णय


काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उमेदवारी दिने निर्णय भयो,’ कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले भने, ‘उमेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उमेदवारी भने दिन्छौँ ।’

प्रतिक्रिया