राप्रपा नेपालको दुई दिने केन्द्रीय समिति बैठक बस्दै


काठमाडाैं – चुनावपछि राप्रपा नेपालको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

‘राप्रपा नेपाललाई फेरि उठाउँछौँ’ भन्ने संकल्प साथ पार्टी काठमाडौंमा सोमबार र मंगलबार दुई दिन केन्द्रीय समितिको बैठक बस्न लागेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा , भावी वैचारिक तथा सांगठनिक योजनाका साथै रणनीति निर्माणमा बैठक केन्द्रीत हुने उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा कमजोर नतिजा ल्याएको अवस्थामा पार्टीलाई अब अघि बढाउने सन्दर्भमा विशेष छलफल हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया