


डढेलोले कम्तीमा ३० घर ध्वस्त, अवस्था अति चिन्ताजनक र गम्भीर

पर्थ – अस्ट्रेलियाको पर्थ बाहिरी क्षेत्रको जंगलमा डढेलो लागेको छ । पर्थको दक्षिणी क्षेत्रमा आगलागीका कारण कम्तीमा ३० वटा घर ध्वस्त भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म सात हजार हेक्टर भन्दा बढि क्षेत्रमा आगो फैलिएको छ । डढेलोले गर्दा जोखिम बढेसंगै वरपरका बासिन्दालाई बिस्थापित गरिएको छ ।
तीव्र गतिमा चलेको हावा र गर्मीका कारण आगो फैलिएको हो । पर्थको तापक्रम पछिल्लो समय ३५ डिग्री सेल्सियसको हाराहारीमा छ ।
राज्यले कोरोना भाइरससँग आगलागीको दोहोरो आपतकाल खेपेको पश्चिम अस्ट्रेलियाका प्रिमियरले बताएका छन् । अवस्था अति चिन्ताजनक र गम्भीर रहेको उनले बताएका छन् ।

