

आधिकारिक दाबी गर्दै दाहाल-नेपाल समुह आज निर्वाचन आयोग जाँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समुह आज मंगलबार आफ्नो समुह नै आधिकिारीक नेकपा भएको दावि गर्दै निर्बाचन आयोग जाने भएका छन् ।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी गर्दै नेकपा आयोगमा जाने भएको हो।
सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए ।
गत पुस ५ गते प्रधानमनत्री ओलीको सिफारीसमा राष्ट्रपति विदादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै बैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषण गरेकी छन् ।
संसद विघटन पश्चात दुई समुहमा बिभाजित नेकपा ओली समुह र दाहाल नेपाल समुह आ-आफ्नो नेतृत्वको पार्टी आधिकारीक भएको दावि गर्दै आएका छन् । निर्वाचन आयोगले भने दवै समुहो पाटी संविधान संवत र विधिवत रुपमा विभाजन नभएको भन्दै दुवै समुहलाई आधिकारी नभएको र पुरानै नेकपा आधिकारीक भएको बताएका छन् ।

