

आजको मौसमः कहाँ–कहाँ छ हिमपातको सम्भावना?

काठमाडौं – हाल देशमा पश्चिमी निम्नचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार भने प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

