सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण


काठमाडौं – नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक पुगेर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहणपश्चात् उनी स्मारकस्थलमा पुगेका हुन्।

सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारणसमेत गरे।

घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका हुन्।

प्रतिक्रिया