

कर्णाली प्रदेशसभा हाँक्ने यी दुई महिला !

सुर्खेत – देशभर संघीयसहित ८ सभामुख र उपसभामुख रहेका निर्वाचित हुने क्रममा छन् । संघीय उपसभामुखको निर्वाचन तालिका प्रकाशित गरिसकिएको छ । त्यसमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दीरा रानामगर र नेपाली कांग्रेसका तर्फबाट मुक्ता यादवले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
अहिलेसम्म ८ जना सभामुख चयन भइसक्दा कर्णाली प्रदेशमा मात्र महिला सभामुख चयन भएकी छिन् ।
कर्णालीमा अर्को संयोग के पनि जुटेको छ भने उपसभामुख पनि महिलालाई नै पठाएको कर्णाली प्रदेशसभाले । जसबाट कर्र्णालीको प्रदेशसभा महिलाले हाँक्ने भएका छन् ।
संघीय मन्त्रीमण्डलमा ६ जना महिला मन्त्रीहरु रहेको र १ जनामात्र दलित रहेको तीतो यथार्थतालाई कर्णाली प्रदेशले भने उदाहरणीय काम गरेको छ । जुन पार्टीबाट निर्वाचित भए पनि आखिर दुवै महिला नै निर्वाचित भएका हुन् । कर्णालीकी सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् भने उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएकी हुन् ।
नन्दाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खडग पोखरेलविरुद्ध जित हात पादै सभामुखमा निर्वाचित भएकी थिइन् भने न्यौपानेले इन्द्राकुमारी शाहीलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
सुर्खेत निवासी सभामुख गुरुङ नेकपा एमालेबाट समानुपातिक सूचीमा परेकी हुन् भने कालीकोटनिवासी न्यौपाने माओवादी केन्द्रबाट समानुपातिक प्रदेशसभा सदस्य भएका हुन् ।

