

३३ वर्षको अनुभव संसदमा देखाउँछुः इन्दीरा राना

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको उम्मेदवारमा इन्दिरा राना मगर अघि सारेको छ।
शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको प्रस्तावकमा सोविता गौतम रहेकी छन् ।
पार्टीले चयन गरेपछि रानाले भनिन्, ‘३३ वर्षदेखि कानुनसँग नजिक रहेर काम गरिरहेकी छु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका साथै मानवअधिकार र जेलमा रहेकाहरुसँग नजिक रहेर काम गरिरहेकी छु सबैको साथ पाउँछु पक्कै पनि ।’
यसअघि उपसभामुखमा गौतमको नाम चर्चामा थियो । बैठकपछि सोविताले आकांक्षा राख्नु स्वाभाविक भएको भन्दै पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवार चयन गरेको बताइन् ।

