

काठमाडौंमा विमान अवतरणमा समस्या, धमाधम ‘डाइभर्ट’ हुँदै आन्तरिक तथा बाह्य उडान

काठमाडौं – काठमाडौंको आकाशमा लागेको तुवाँलो र हुस्सुका कारण आन्तरिक तथा बाह्य उडानमा समस्या देखिएको छ ।
पछिल्लो समय अवतरणका लागि भिजिबिलिटी नपुगेका कारण मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको जनाइएको छ ।
त्यस्तै नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको पनि जनाइएको छ ।

