

तराईमा हुस्सु, पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं – काठमाडौं उपत्यकालगायत देशको मध्य तथा तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

