राष्ट्रपतिका आकांक्षी पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


काठमाडौं — कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

नेता पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

राष्ट्रपतिको आकांक्षी रहेका पौडेलले प्रधानमन्त्रीमन्त्री प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

तर, पौडेल तनहुँका ठूला विकास आयोजनाका बारेमा कुरा गर्न बालुवाटार पुगेका बताइएको छ । तर, उनीहरुबीच के बारेमा छलफल भयो त्यो भने खुल्न सकेको छैन ।

राजनीतिक सरगर्मी चलिरहेका बेला प्रचण्डसँग भेट गर्न जानु पौडेलको विकास आयोजनाका कुरामा भन्दा राष्ट्रपतिका लागि प्रचण्डको आशय बुझ्न गएको हुनसक्ने एक एमाले नेता बताउँछन् ।

प्रतिक्रिया