११ हजार कर्मचारी हटाउँदै माइक्रोसफ्ट


वासिंगटन – माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ ।

सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति  अर्थात् करिब ११ हजार कर्मचारी कटौती गर्ने भएको हो ।

कटौतीबाट मानव संशाधन र इञ्जिनियरिङ शाखामा कार्यरत कर्मचारी प्रभावित हुनेछन् ।

पछिल्लो समयमा ट्वीटर, अमेजन, गुगल, माइक्रोसफ्टले धमाधम कर्मचारी कटौती गरेका छन् ।

अधिकांश कम्पनीले कटौती हुनुमा कम्पनीको घाटालाई उल्लेख गरेका छन् ।

प्रतिक्रिया