मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य


काठमाडौं – सरकारले अब मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने भएको व्यवस्था गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाएसँगै आज बसेको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सुचना तथा संचार मन्त्री रेखा शर्मालाई दिइएको छ ।

प्रतिक्रिया