वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने

८० प्रतिशत कलेजो बिग्रिसकेको छः डा. शर्मा


काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।

लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम) देखिएका पुनकोे कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए ।

कलेजो प्रत्यारोपणका लागि पुन यसअघि उपचार गरेको चिनस्थित थर्ड पिपुल्स अस्पतालमा नै जाने पनि जनाइएको छ ।

गृहजिल्ला रोल्पामा रहेका पुनलाई शनिवार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु सिटी अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया