सभामुखका लागि कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार !


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय सदस्य समेत रहेकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने तयारी गरेको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महिला सांसदलाई सभामुखको उमेदवार बनाउने समझदारी जुटेको थियो । त्यसपछि ‘सिनियर’ महिलाबाट न्यौपानेलाई अघि बढाउने तयारी गरिएको हो ।

‘सभापतिज्यूले सभामुखमा महिला उमेदवार बनाउने तयारी गर्नुभएको छ । बरिष्ठ महिलामध्ये कोही एक बनाउने कुरा छ,’ एक पदाधिकारीले भने, ‘बरिष्ठमध्येबाट ईश्वरी न्यौपाने हुन सक्नुहुन्छ ।’

यसको औपचारिक निर्णय भने हुन बाँकी छ ।

प्रतिक्रिया