भियतनामका राष्ट्रपति गुएनद्वारा राजीनामा


भियतनाम – भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणले पदत्याग गरेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन्।

हिजो भएको केन्द्रीय समितिको बैठकमा उनले पदत्यागको घोषणा व्यक्तिगत कारणले गरेका जानकारी दिइएको थियो । दुई वर्षअघि उनी भियतनामको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यो महिनाको प्रारम्भमा दुई जना उपप्रधानमन्त्री फाम बिन मिन र भुडक डमलाई पनि भिसिपीको १३ औँ केन्द्रीय समितिको सदस्यबाट मुक्त गरिएको थियो । उनीहरू पदमुक्त भएसँगै दुई जना नयाँ नेताको नियुक्तिलाई समितिले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया