

पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो

कास्की – आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ ।
मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ । सोमबारसम्म ७० जनाको शव फेला परेको थियो ।
आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
अझैँ एक जना बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

