

हवाई यात्रालाई जोखिमब मुक्त बनाउन आजैबाट काम गर्छु : पर्यटनमन्त्री किराती

काठमाडौं – पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई यात्रालाई सुरक्षीत बनाउन आज बाट नै सम्बन्धित सरोकारवालासँग सहकार्य गरेका काम गर्ने बताएका छन् । आज (मंगलबार) पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो रु यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।

