वन र खेलकुद मन्त्रालय मन्त्रालय प्रधानमन्त्रीसँगै


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । सत्ता साझेदार दलहरु वीच सहमति जुट्न नसक्दा जनता समाजबादीस् दलको भागमा परेको दई मन्त्रालय आफुसँगै राखेका हुन् ।

मन्त्रीको टुंगो नलाग्दा प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय आफूसँगै राखेका हुन् । आज (मंगलबार) भएको मन्त्रिपरिषद् विस्तारबाट १२ मन्त्री र ३ राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । मन्त्रालय बाँडफाटमा सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन ।

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रतिक्रिया