

यती एयर दुर्घटनाः ड्रोनको प्रयोग गरि खोजिँदै ३ यात्रु

पोखरा — यति एयरको दुर्घटनामा परेका ३ यात्रुको अझै अवस्था अज्ञात नै रहेको छ । प्रहरीले आज पनि बिहानै देखि खोजी कार्य सुरु गरेको जनाएको छ
अहिलेसम्म ६९ जनाको शव भेटिइसकेको जनाएको प्रहरीले अब ड्रोनको प्रयोग गरि खोज तथा उद्धार गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी अजय केसीका अनुसार आइतबार भएको विमान दुर्घटनामा परेका ७२ जनामध्ये ६९ जनाको शव भेटिइसकेको छ भने अझै ३ जनाको अवस्था अज्ञात नै रहेको छ ।
संकलन गरिएका शवलाई पहिचान गरि परिवारलाई दिने काम सुरु भइसकेको छ । त्यस क्रममा पत्रकार त्रिभुवन पौडेलको शव उनका परिवारलाई सोमबार साँझ नै दिइएको पनि उनले जनाए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयहरुले लगातार घटनाभएको समयदेखि नै उद्धारको कार्य जारी राखेका छन् ।
घटनाका छानबिनका लागि बनेको जाँच आयोगले सोमबार विमानको ब्ल्याकबक्स लिइ काम सुरु गरिसकेको छ । आयोगले ४५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने जनाइएको छ ।

