प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेट


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेङ सोङबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान भएको भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने बताएका छन् ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले चिनिया सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया