संवैधानिक संकट नजिक सुदूरपश्चिम प्रदेशसभा

सभामुखको अन्तिम टुंगोका लागि सर्वदलीय बैठक जारी


कैलाली – सुदूरपश्चिम प्रदेशमा आज सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्ने पर्ने संवैधानिक बाध्यता रहेको छ ।

यस अघि दुई पटकसम्म बहुमत पुराउन नसकेर सभामुख निर्वाचन हुन नसकेको सुदूरपश्चिम प्रदेशमा आज पुन सभामुख निर्वाचन सकेर उपसभामुखको पनि निर्वाचन गर्नु पर्ने बाध्यता आइलागेको हो। आज सभामुख चयन गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ । संविधानअनुसार प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन सभामुख र उपसभामुख निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । सभामुखले उपसभामुखको निर्वाचनको मिति र समय तोक्ने प्रदेश सभा नियमावलीमा छ ।

यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २७ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन ।

प्रतिक्रिया