उपप्रधानमन्त्री पोखरेलमाथि प्रचण्ड–माधब पक्षको आक्रमण, गाडी तोडफोड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड गरेका हुन् ।

नुवाकोटमा कार्यक्रममा सहभागी हुने क्रममा ओली समूह र पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडप भएको छ । झडपमा प्रचण्ड–नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।

केहिबेर अघि प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दाबादका नारा लगाएका थिए ।

प्रतिक्रिया