
आज सेयर बजार बन्द
काठमाडौँ – आज माघ १ गते आइतबार सेयर बजार बन्द हुने भएको छ।
आज माघे सङ्क्रान्तिको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।
अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ४१.०४ अङ्कले घटेर २१४९.३९ विन्दुमा अडिएको छ।



कागजपत्र |
