रिपोर्टिङका क्रममा पत्रकार कृष्ण कँट्टेलमाथि नयाँबानेश्वर चोकमा हातपात


काठमाडाैं – काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर चोकस्थित अनधिकृत पसल टहरा हटाउने क्रममा शुक्रबार पत्रकार कृष्ण कट्टेलमाथि स्थानीय व्यापारीले हातपात गरेका छन् ।

सो क्रममा एक मोबाइल पसल सञ्चालकले संवेदनशील अंगमा लात्ती प्रहार गरेका हुन् । घटनाको रिपोर्टिङ गरिरहेका झण्डै आधा दर्जन मिडियाकर्मीमाथि स्थानीय व्यापारी एकसाथ जाइलागेका हुन् ।

त्यस क्रममा पत्रकार कट्टेलमाथि उक्त मोबाइल सञ्चालक व्यापारीले भौतिक आक्रमण गरेका हुन् । मिडियाले आफूहरूको विपक्षमा लेख्ने गरेको भन्दै व्यापारी समूहले अन्धाधुन्ध आक्रमण गरेका हुन् ।

‘अरू मिडियाकर्मीसँगै ममाथि जाइलाग्ने क्रममा उक्त मोबाइल पसलेले एक्कासि मलाई तीन लात्ती प्रहार गर्नुभयो । नबुझी जे पायो त्यही समाचार लेख्ने भन्दै जाइलाग्ने क्रममा उहाँले मेरो संवेदनशील अंगमा प्रहार गर्नुभयो’, पत्रकार कट्टेलले भने ।

प्रहरी वृत्त नयाँबानेश्वरमा हातपात गर्नेमाथि कारबाहीको माग गर्दै उपस्थित पत्रकारले उजुरी दिएका छन् ।

प्रतिक्रिया