नेता वर्षमानको स्वास्थ्यमा पुनः समस्या, सुमेरु अस्पतालमा उपचार हुँदै


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।

जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयले जनाएको छ । पुन शनिबारको पूर्वनिर्धारित कार्यक्रम छोडेर काठमाडौं फर्केका हुन् ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।

पुनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उक्त कार्यक्रममा सहभागी नभइ ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया