

निर्मला कुर्मी बेपत्ता घटनामा जोसुकैको सम्लग्नता भए पनि कारवाही गरेरै छोड्छु : गृहमन्त्री

काठमाडाैं – नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् ।
भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे । यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए ।
निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ । लामिछानेले जोसुकैको सम्लग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताए ।

