

विमानभित्र महिलामाथि पिसाब फेरेको आरोपी भन्छन्, उनी आफैँले…

काठमाडौं – एयर इन्डियाको विमानमा एक पुरुषले महिलामाथि पिसाब गरेको प्रकरणमा नयाँ कुरा आएको छ।
न्युयोर्कबाट नयाँ दिल्ली आउँदै गरेको विमानभित्र एक महिला यात्रुको शरीरमै पिसाब गरेको अभियोगमा पक्राउ परेका शंकर मिश्राले शुक्रबार अदालतमा आफूले कुनै अपराध नगरेको दाबी गर्दै उजुरीकर्ता आफैँले आफ्नो सिटमा पिसाब गरेको दाबी गरेका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार शंकर मिश्राका तर्फबाट अधिवक्ता रमेश गुप्ताले अदालतलाई भने, ‘उजुरीकर्ता महिलाको सिट बन्द थियो। शंकर मिश्रा त्यहाँ जान सम्भव थिएन।’
उनले थपे, ‘उनी (महिला) आफैंले पिसाब गरिन्। सिटको व्यवस्था यस्तो थियो कि उनको सिटमा कोही पुग्न सक्दैनन्। उजुरीकर्ताको पछाडि बसेका यात्रुले त्यस्तो कुनै गुनासो गरेनन्।’ बीबीसी हिन्दी

