


एमाले अब सुध्रँदैनः माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब सुध्रिनेवाला नभएको भन्दै आप्mनो पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् ।
नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले इमान्दार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए ।
उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएर मात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’
पार्टीलाई नयाँ उचाइमा पुर्याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गरे । नेकपा एमाले अब सुध्रिनेवाला नभएको उनको टिप्पणी थियो ।
उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरुलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’

