देशभर थप ९ जनामा कोरोना पुष्टी


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले गरेको १३७७ नमूना परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । गत २४ घन्टामा ११ हजार ४ सय २१ जनाले कोरोनाविरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा २८ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार २० जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया