झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु


काठमाडौँ – झापाको गौरादह नगरपालिका-१ मा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

गौरादह-१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९स्१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया