

एकीकृत समाजवादीमा प्रवेश गर्दै धनश्याम भुसाल

काठमाडौं – ४ मंसिरको निर्वाचन क्रममा एमालेले उम्मेदवार नबनाएपछि पार्टी परित्याग गरेका नेता धनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्।
शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा छलफल चलाएका थिए।

