बसको ठक्करबाट पाल्पामा महिलाको मृत्यु


पाल्पा – जिल्लाको तानसेन-१२ लुहुङ्मा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो लु १ ख ८३६१ नम्बरको बसले ठक्कर दिँदा तानसेन-१२ की ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।

अर्गली तानसेन भित्री सडकखण्डको सडक भएर गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा विश्वकर्मा गम्भीर घाइते भएकी थिइन् । विश्वकर्मा सोही बसबाट झरेर घरतर्फ जाँदै गर्दा सो घटना भएको हो ।

गम्भीर घाइते भएकी विश्वकर्मालाई लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको थियो । तर, घाइते विश्वकर्मालाई चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घटनापछि प्रहरीले बस चालक र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया