

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रालयको भागबण्डा मिलाउन र सहमति जुटाउन छलफल भइरहेको हो । एमालेको प्रस्तावमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सहमतिका आधारमा दलहरुसँग मन्त्रालयको बाँडफाँट गराउन चाहेका छन् ।
सोही अनुसार बुधबार पनि ओली निवास बालकोट पुगेर प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए ।

