कर्णाली प्रदेश सरकारका लागि दाबी पेश गर्ने आज अन्तिम दिन


काठमाडौँ – कर्णाली प्रदेश सरकारमा दाबी पेश गर्ने समय बुधबार सकिँदै छ। प्रदेश प्रमुख तिलक परियारले अपराह्न ५ बजेसम्म सरकारमा दाबी गर्न समय दिएका छन्

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नु पर्नेछ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्। नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्। यस्तै, राप्रपा र एकीकृत समाजवादीका एकरएक सांसद छन्। एक स्वतन्त्र सांसद छन्।

केन्द्रमा भएको सहमतिअनुसार कर्णालीमा एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ।

प्रतिक्रिया