

काठमाडौं नयाँ बसपार्कमा कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा आज कन्टेनरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन्। दुर्घटनामा गम्भीर घाइते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।
नयाँ बसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो साढे १२ बजे ठक्कर दिएको थियो।
दुवै सवारी साधनसहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रणमा लिएको छ।

