

सार्वभौमिक सर्वोच्चता दुर्लभ भएको बेला राष्ट्रिय एकता दिवस थप सान्दर्भिकः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लव हुँदै गएको यस समयमा राष्ट्रिय एकता दिवसको थप सान्दर्भिकता भएको बताएका छन् ।
शाहले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना मन्तव्यसहित उक्त कुरा बताएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘छिन्न भिन्न विभाजनमा परेको नेपालको एकीकरण गरेर सिंगो र रसबल आकार दिने श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लब हुँदै गएको यस समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ ।’
विज्ञप्ति:

