

सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको : प्रचण्ड
दलहरुको समर्थन र विश्वासले थप चुनौती थपियो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुको विश्वासको मत र समर्थनले चुनौती थपिएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सबै दलहरुले विश्वासको मत दिनेमा आफूले नसोचेको बताएका हुन्।
प्रचण्डलाई नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक १० दलले विश्वासको मत दिने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग अपिल गरेको र त्यो सकारात्मक देखिएको विश्वास व्यक्त गरे। उनले भने,’विश्वासको मतका लागि जुन अपिल गरेको थिएँ । त्यो सकारात्मक देखिएको छ। सबैलाई धन्यवाद दिन चाहन्छु।’
उनले सबै राजनीतिक दल र स्वतन्त्र सांसदले उठाएका विषयले आफूलाई निक्कै गम्भीर बनाएको बताए। आफूलाई अपार सफलता मिलेको बताउँदै प्रचण्डले आफूमाथि भएको विश्वास र समर्थनलाई न्यायपूर्ण सम्बोधन गर्न सकौंला कि भन्ने प्रश्न उठेको बताए।

