प्रचण्डले विश्वासको मत लिँदै गर्दा शेयर बजारमा पहिरो, २१ अंकले नेप्से घट्दा साढे ७ अर्ब बढीको कारोबार


काठमाडौं – सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । केहीदिनदेखि लगातार बढ्दै गइरहेको नेप्से परिसूचक मंगलबार भने सुरु देखि नै तलमाथि हुँदै गइरहेको हो । उतारचढाबबीच अन्तिममा नेप्से २१.३५ अंकले घट्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदै गर्दा बजारमा देखिएको उतारचढाबले आगामी दिनमा शेयर बजारको भविष्यमा शंका उत्पन्न गराएको छ ।

मंगलबार बैकिङ समूह र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । बजार घटेपनि कारोबार रकम भने बढ्दै ७ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ ।

कारोबारमा २५४ कम्पनी सामेल थिए । कारोबार रकमका आधारमा ङ्यादी ग्रुप र अपी पावर कम्पनी अग्रस्थानमा छन् । सेयरको मूल्य वृद्धिका आधारमा भने बाराही हाइड्रोपावर र सिंगटी हाइड्रोपावर अगाडि छन् ।

विगत केही महिना वृद्धि हुन नसकेको नेप्से गत पुस १० गते नयाँ सरकार बनेसँगै बढ्न थालेको थियो । पछिल्लो समय निरन्तर बढेको बजार आज भने घटेको हो ।

प्रतिक्रिया