

विघटित संसदका सभामुखको पत्रः संवैधानिक आयोगका नियुक्ति फिर्ता

काठमाडौं– विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाएको पत्र सार्वजनिक गरेका छन्।
प्रतिनिधि सभा विघटनपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्त गरिएको निर्णय फिर्ता पठाएको पत्र राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलाई बोधार्थ लेखेका छन्।
संवैधानिक परिषदले बहुमतका आधारमा विभिन्न आयोगहरूका पदाधिकारी ३० मंसिरमा नियुक्त गरेको थियो। जसको विवरण ५ पुसमा सार्वजनिक गरिएको थियो।




