

बर्ड फ्लुका कारण जापानमा एक करोड चरा नष्ट

टोकियो – एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु)को त्रास बढ्दै गएपछि जापानमा यो सिजनमा पोल्ट्री फार्ममा करिब एक करोड चरा नष्ट गरिएको छ।
टोकियोको उत्तरपूर्वी इबाराकी प्रिफेक्चरको शिरोसाटो सहरको कुखुरा फार्ममा बर्ड फ्लुको प्रकोप पुष्टि भएपछि चरा, कुखुरालगायत पक्षी नष्ट गरिएको यहाँको कृषि, वन तथा मत्स्य मन्त्रालयले जनाएको छ।

